हेटौंडा उपमहानगरपालिका–१८ मा महिनाको दुई पटक निःशुल्क विशेषज्ञ डाक्टरको सेवा
असोज १, २०८३हेटौंडा उपमहानगरपालिका–१८ का नागरिकले अब आफ्नै घरआँगनमा महिनाको दुई पटक निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवा पाउने भएका छन्। हेटौंडा उपमहानगरपालिका–१८ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो। २०८३ साल असोज १ गतेदेखि लागू हुने गरी एक वर्षका लागि सम्झौता गरिएको जनाइएको छ।
सबै पढ्नुहोस