कैरन नेपाल, काठमाडौं ।
नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसर पारेर आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष ‘संविधान दिवस अफर २०८३’ सार्वजनिक गरेको छ।
टेलिकमले ग्राहकको डाटा आवश्यकतालाई लक्षित गर्दै ‘अनलिमिटेड लाइट ४९९’ र ‘अनलिमिटेड प्रो ६९९’ गरी दुई प्रकारका प्याकेज ल्याएको हो।

रु. ४९९ मा अनलिमिटेड लाइट ४९९ प्याकेज खरिद गर्ने ग्राहकले ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्रयोग गर्न पाउनेछन्। दैनिक ५ जीबीको उच्चगति डाटा सकिएपछि पनि बाँकी अवधिभर २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा चलाउन सकिने टेलिकमले जनाएको छ।
त्यस्तै, धेरै डाटा प्रयोग गर्ने ग्राहकका लागि रु. ६९९ मा अनलिमिटेड प्रो ६९९ प्याकेज उपलब्ध हुनेछ। यसमा ३० दिनसम्म दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिनेछ। दैनिक १० जीबीको सीमा पूरा भएपछि बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
पोस्टपेड मोबाइल ग्राहकका लागि भने रेन्टल चार्जसमेत प्याकेजमै समावेश गरिएको नेपाल टेलिकमले जनाएको छ।
यो विशेष अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुनेछ। अफर लिन चाहने ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न सक्नेछन्। त्यसैगरी नेपाल टेलिकम एप मार्फत पनि प्याकेज खरिद गर्न सकिनेछ।