प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
पुस ७, २०८२काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सो क्रममा माइतीघर मण्डलाबाट ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौँ प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
सबै पढ्नुहोस