काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ८०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।