×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी

सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी परेको छ । प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्न समितिले सोमबार बैठक राखेको छ । दिउँसो २ बजे बस्ने बैठकमा प्राप्त उजुरीको विवरणका सम्बन्धमा छलफल हुने समिति सभापति भरतबहादुर खड्काले जानकारी दिए ।

साथै, ती विवरण सांसदहरूलाई वितरण गरिनेछ । लेखा समितिमा चालु कार्यकालमा १७ वटा उजुरी परेका हुन् ।

संघीय संसद् सचिवालयले संसदीय समितिहरूमा पर्ने उजुरीमा एकद्वार प्रणाली लागु गर्दैछ । यसो गर्दा एउटै उजुरी एक भन्दा बढी समितिमा नपर्ने र जुन संसदीय समितिसँग सम्बन्धित विषय हो सोही समितिले मात्रै प्राप्त उजुरी हेर्ने गरी एकद्धार प्रणाली लागु गरिँदैछ ।

यस अगाडि सम्बन्धित समितिमा के कस्ता उजुरी रहेका छन् भनेर सम्बन्धित समितिहरूले छलफल गर्दैछन् । यस अन्तर्गत लेखा समितिले पनि समितिमा प्राप्त उजुरीबारे छलफल गर्न लागेको हो ।

प्राप्त उजुरीको गाम्भीर्यता हेरेर कसरी अगाडि बढने भन्ने विषयमा समितिमा छलफल हुनेछ । त्यसआधारमा उजुरीहरू उपरकोक कामकारबाही के हुने भनेर तय हुनेछ ।

प्रतिकृया दिनुहोस्