भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु
पुस १५, २०८२काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा पर्ने अल्मोडा जिल्लामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सल्ट–भिकियासैंण क्षेत्रमा मंगलबार बिहान भएको सडक दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । द्वाराहाटबाट रामनगर जाँदै गरेको बस खेलापानी नामक स्थानमा दुर्घटनामा परेको हो । बस सडकदेखि १५० मिटर मुनि खसेको थियो ।
सबै पढ्नुहोस