×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

ग्वार्को बस दुर्घटनामा एक जनाको मृत्यु, १९ जना घाइते

ग्वार्को बस दुर्घटनामा एक जनाको मृत्यु, १९ जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको छ । बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो ।

एसपी मिश्रका अनुसार बा२ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ ।

प्रहरीले बस चालक काभ्रेको तिमाल गाउँपालिका-३ घर भई हाल भक्तपुर बस्ने ३६ वर्षीय लक्षी तामाङलाई नियन्त्रणमा लिएको छ ।

बि. एण्ड बि. हस्पिटलमा रहेका घाइते

१. जिल्ला रामेछाप घर भई हाल  भक्तपुर सुर्यबिनायक बस्ने वर्ष २३ कि सुन्निमा योन्जन । अवस्था (गम्भीर घाइते शरीरको भित्री भागमा चोट ।

२. जिल्ला कञ्चनपुर घर भई हाल  भक्तपुर बस्ने वर्ष २४ को तुल्सी धानुक ।  अवस्था- सामान्य

३. जिल्ला भक्तपुर भर भई बस्ने वर्ष ४० कि कविता कार्की अवस्था- टाउकोमा चोट

४.  जिल्ला दोलखा सैलुङ गा.पा. घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने वर्ष ४० कि जेनिशा लामा अवस्थाः  (मृत्यु)

५. जिल्ला सिन्धुली मरिन गा.पा. ३ घर भई हाल भक्तपुर बस्ने वर्ष ३३ को धन कुमार ढोङ । अवस्थाः बायाँ खुट्टामा समान्य चोट ।

६. जिल्ला भक्तपुर ठिमि न.पा. ६ घर भई बस्ने वर्ष ३७ कि लक्ष्मी श्रेष्ठ अवस्था –   बाँया हात र कम्मरमा सामन्य चोट

७. जिल्ला भक्तपुर चागुनारायण न.पा. ७ सरस्वतीखेल घर भई बस्ने वर्ष २४कि रशिला दुलाल ।   अवस्थाः  सामन्य कम्मरमा चोट ।

८. जिल्ला भक्तपुर सरस्वतीखेल ६ वस्ने वर्ष ६० को कृष्णराम थापा  । (सह-चालक) अवस्थाः  बाँया खुट्टा फ्याक्चर गम्भिर

९. जिल्ला काभ्रे बनेपा १४ घर भई हाल भक्तपुर सरस्वतीखेल  बस्ने वर्ष ४१ को अमृता कार्की । अवस्थाः दाया हातको पाखुरा र दाया कम्मरमा समान्य चोट ।

१० जिल्ला ललितपुर महालक्ष्मी न.पा. ५ घर भई बस्ने वर्ष ४० कि कबिता के.सी. । अवस्थाः टाउकोमा समान्य चोट ।

गोलोबल हस्पिटलमा रहेका घाइते 

१. जिल्ला दोलखा घर भई भक्तपुर सुर्यबिनायक बस्ने वर्ष २४ को बिबेक दाहाल ।

२.जिल्ला सिन्धुली घर भई  भक्तपुर सुर्यबिनायक बस्ने वर्ष १९ को भगवती खत्री  ।

३. जिल्ला भक्तपुर मिलनचोक घर भई   बस्ने वर्ष ४७ कि भगवती खत्री  ।

४. जिल्ला भक्तपुर  घर भई   बस्ने वर्ष २८ कि जुनु सिल्पकार  ।

५. जिल्ला ललितपुर महालक्ष्मीस्थान बस्ने  वर्ष ४९ कि तुल्सी देवी खड्का  ।

६. जिल्ला मोहत्तरी घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष २१ कि अन्जु  साह  ।

७. जिल्ला कठमाडौं ठमेल घर भई सुर्यबिनायक बस्ने वर्ष २७ को आशुतोष श्रेष्ठ

८. जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर भैसिपाटी बस्ने वर्ष ३६ कि स्तर देउजा ।

९. भारत देश घर भई हाल भक्तपुर कौशलटार बस्ने वर्ष ४५ को मोहम्द समिम ।

प्रतिकृया दिनुहोस्