×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने

शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् । हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘२६ गते राति ९ः४५ बजे आइपुग्नुहुन्छ,’ उनले भने । पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले फर्किने मिति तय नभएको प्रतिक्रिया दिए ।

‘साउन २६ या २८ गते आउनुहुन्छ,’ उनले भने, ‘तर, डेट फिक्स भइसकेको छैन ।’ देउवा ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।

प्रतिकृया दिनुहोस्