इलाम-१ मा कांग्रेसका निस्कल राई विजयी
फाल्गुण २५, २०८२काठमाडौं । इलाम-१ मा नेपाली कांग्रेसका निस्कल राईले विजयी भएका छन् । श्रम संस्कृति पार्टी र नेकपा एमालेका उम्मेदवारसँग भएको त्रिपक्षीय रोचक प्रतिस्पर्धामा अन्ततस् कांग्रेस उम्मेदवार राईले जित निकाले हुन् । राईले १४ हजार ५४३ मत प्राप्त गरेर विजयी हुँदा अन्तमा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत ल्याएर दोस्रो स्थानमा रोकिए । यस्तै एमाले उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत पाएर तेस्रो स्थानमा रहे
सबै पढ्नुहोस